Banner news

ट्राफिक नियमको पालना नहुनु नै चुनौति

ट्राफिक नियमको पालना नहुनु नै चुनौति


बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक सप्ताहको समीक्षा गर्दै सवारीको संख्यामा बृद्धि हुनु, सडकको संरचना अव्यवस्थित हुनु र ट्राफिक नियमको पालना नहुनुलाई दुर्घटनाको मुख्य कारण भएको निष्कर्ष निकालेको छ ।

ट्राफिक सप्ताहको समापनको अवसरमा आयोजित समीक्षा कार्यक्रममा दुर्घटना न्यूनिकरणको चुनौति बारे बताउँदै झापा ट्राफिक प्रमुख निषेश चापागाईले सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यात्रु चालक , नागरिक सबै पक्ष जिम्मेवार भएमा दुर्घटना न्यूनिकरण हुने धारणा राखेका छन् ।
पुस ४ गतेबाट प्रदेश ट्राफिक प्रहरीले प्रदेश १ का १४ जिल्लामा ट्राफिक सप्ताह सञ्चालन गरेर दुर्घटना न्यूनीकरणको अभियान थालेको थियो ।

ट्राफिक सप्ताहमा जनचेतना मुलक पर्चा पम्प्लेट बितरण देखि सवारीको मेकानिकल चेक जाँच समेत गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्लाका १८ वटै युनिटबाट साता व्यापी कार्यक्रम सञ्चालन गरेको प्रहरी निरीक्षक चापागाईले जानकारी दिए । सप्ताहव्यापारी कार्यक्रममा ३ हजार ८ यस ४९ जनालाई मास्क समेत बितरण गरिएको छ । ट्राफिक प्रहरीले ३० स्थानमा सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको जानकारी दिइएको छ । ३८ स्थानमा ट्राफिक संकेत बोर्ड रोखिएको छ भने ५७७ जना चालक र परिचालकलाई प्रशिक्षण दिएको थियो । २३१ वटा सवारी साधनको अनुगमन गरेको प्रहरी निरीक्षक चापाागाईको भनाई छ ।

झापाका पाँच वटा स्थानबाट टाइमकार्ड लागू गरिएको छ । उनका अनुसार २२४ जना चालकको स्वास्थ्य जाँच समेत गरेको प्रहरी निरीक्षक चापागाईले जानकारी दिए ।

तथ्याङक अनुसार पछिल्लो तीन वर्षमा प्रंदेश १ मा सवारी दुर्घटनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५ /०७६ मा ३ सय १३, २०७६/०७७ मा ३३२ र आर्थिक वर्ष २०७७/०७८ मा ४४४ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएको प्रहरीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares