बिर्तामोड । राष्ट्रिय स्वास्थ्यकर्मी संघ बिर्तामोड नगर पालिका स्तरीय प्रथम अधिवेशनले अध्यक्षमा कृष्ण काफ्लेलाई चयन गरेको छ ।
स्वास्थ्यकर्मी संघ बिर्तामोडको उपाध्यक्षमा कृष्ण कुमारी अधिकारी, सचिव चन्द्रकला काफ्ले र कोषाध्यक्षमा पवन रिजाललाई चयन गरिएको छ । सदस्यहरुमा सोनिका राजबंशी, कृष्ण ओझा, साबित्रा ढकाल, तुलसा ढुंगेल, चन्द्रकला खनाल, खुश्बु देउजा, गीता बराईली, अजय बि.क., अम्बिका भण्डारी र अमृता सिवा चयन भएका छन् ।
नेकपा एमाले पार्टी केन्द्रीय सचिव एवं स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुख योगेश भट्टराईको प्रमुख आतिथ्यता ,पेशागत महासंघ नेपाल प्रदेश नं.१ का इन्चार्ज देवराज कार्कीको बिशिष्ट आतिथ्यता एवं नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।







प्रतिक्रिया