बिर्तामोड

झापामा मनाइयो ४६ औं मेलमिलाप दिवस

झापामा मनाइयो ४६ औं मेलमिलाप दिवस


बिर्तामोड । झापामा ४६ औं राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाली कांग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातान्त्रिक शासन ब्यवस्था कायम भएको थियो ।

यहि सन्दर्भ पारेर नेपाली कांग्रेस झापा अन्तरगत सबै क्षेत्रमा मेलमिलाप दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं–२, ४ र ५ ले क्षेत्रीयस्तरमा कार्यक्रम सम्पन्न गरेका छन् भने क्षेत्र नं–१ र ३ ले वडास्तरमा कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस एवं प्रमाणपत्र वितरण कार्यक्रममा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारी-सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले प्रमुख अतिथिको रुपमा बोल्दै वी.पी.ले समाजवादको नीति अन्तरगत निमुखालाई न्याय र विपन्नलाई आयको नीति लिएको उल्लेख गर्दै निम्न र मध्यम वर्गलाई प्राथमिकतामा राखेर पार्टीको नीति बनाएको बताए ।

सिक्किम भारतमा विलय भएको र अन्तर्राष्ट्रिय राजनीतिक अवस्था समेत गम्भिर भएका बेला आफ्नो ज्यान जोखिममा राखेर वी.पी. गणेशमान लगायतका नेताहरु मेलमिलापको नीति लिएर स्वदेश फर्किएको उल्लेख गर्दै नेता सिटौलाले अन्तर्राष्ट्रिय सम्बन्ध एवं समाजवादी दर्शनकै कारण तत्कालीन राजाले कांग्रेस नेताहरुलाई कारबाही गर्न नसकेको धारणा राखे ।

कार्यक्रमका विशेष अतिथि एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा निम्न मध्यम बर्गीय वर्गको बलियो उपस्थिति आजको आवश्यकता भएको बताउँदै समाजवादको नीतिलाई कांग्रेसले पूर्णतया पालना र कार्यान्वयन गर्न नसकेको धारणा राखेका छन् ।
यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं–५ ले दमकमा मेलमिलाप दिवस सम्पन्न गरेको छ । कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्णानन्द शर्मा, शेरबहादुर भट्टराई, हुकुमसिंह राई, सुरेश सुब्बा, चन्द्रा खड्का, खगेन्द्र अधिकारी, बिरबहादुर प्रसाई, मेदनी सिटौला, राजनबहादुर ढुङ्गाना, कमल गाउँपालिका सभापति बुद्धिप्रसाद न्यौपाने, गौरीगञ्ज सभापति अग्नुप्रसाद राजवंशी, गौरादह नगरपालिकाका सभापति यादवराज सेढाई, दमक नगर सभापति प्रकाश प्रसाई लगायतले मन्तब्य राखेका थिए ।

यसैबीच झापा ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा झापाको सुरुङ्गामा ४६ औं मेलमिलाप दिवस सम्पन्न भएको छ । १ नं प्रदेश समितिका सदस्य किरण भट्टराइको प्रमुख आतिथ्य र ४ नं क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सहसचिव कमल भण्डारी, जिल्ला सदस्य लीला चिमरिया, महाधिवेशन प्रतिनिधि कविता बस्नेत, पर्शुराम ढुङ्गाना, सखिचन्द्र ठाकुर, मनोज पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
यसैबीच झापा क्षेत्र नं–३ अन्तरगत कचनकबलका सातवटै वडामा मेलमिलाप दिवस सम्पन्न भएको छ । कचनकबल–१ मा आयोजित कार्यक्रम जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्य र वडा सभापति छविलाल अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसैगरी कचनकबल–२ मा क्षेत्रीय सचिव गीताप्रसाद भट्टराइको प्रमुख आतिथ्य र गंगाप्रसाद खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ भने वडा नं–३ मा भुमीप्रसाद राजवंशीको प्रमुख आतिथ्य र तारानिधि प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका बीच मेलमिलाप दिवस सम्पन्न भएको छ ।

यसैगरी कचनकबल–४ मा हारुल रसिद मियाको सभापतित्व र सिताराम खड्काको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न भएको छ भने ५ मा कृष्णप्रसाद गणेशको सभापतित्व र चिन्तामणि खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कचनकबल–६ मा केशव लामिछानेको सभापतित्व र तुलाराम अधिकारीको प्रमुख आतिथ्य एवं वडा नं–७ मधुसुदन पौडेलको सभापतित्व र पुर्णविक्रम भट्टराईको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस सम्पन्न भएको जनाइएको छ । यसैगरी झापा क्षेत्र नं–१ का २१ वटै वडामा वार्डस्तरीय कार्यक्रम सम्पन्न भएको १ नं क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares