Banner news

विधिको शासन छाडेको वीरता लेडी जेसीजमा चर्कियो विवाद

विधिको शासन छाडेको वीरता लेडी जेसीजमा चर्कियो विवाद


बिर्तामोड । ‘शासन व्यक्तिको होइन, विधिको हुनपर्छ’ भन्ने जेसीजमा पछिल्लो समय व्यक्तिवाद हावी हुुन थालेको छ । त्यसको ताजा उदाहरण हो, बिर्तामोडमा रहेको वीरता लेडी जेसीज ।

१७ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनपछि नयाँ नेतृत्वको विषयले लेडी जेसीजमा विवाद चर्किएको छ । साझा भनिए पनि कांग्रेसको घेराबन्दीभित्र रहेको वीरता लेडी जेसीजमा ‘हप्कीदप्की, प्रेसको दम्भ’ गन्हाएको बोल्न नसक्ने जेसी महिलाहरु सुनाउँछन् । वीरता लेडी जेसीजमा नयाँ नेतृत्वका लागि विगतकै सहमति अनुसार अघि बढ्न नचहाँदा विवाद शुरु भएको छ । समय अभाव र सहमतिको लागि भन्दै शनिवार साँझ बन्दशत्र स्थगित गरिएको छ । बन्दशत्र सहमतिको प्रयास लागि स्थगित गरिएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् । उनको नेतृत्वपछि लेडी जेसीजमा व्यक्तिवाद हावी भएको आरोप लागेको छ । उनले धेरै जना आकांक्षी भएका कारण सहमति नभएको जानकारी दिइन् । इजलाससित कुरा गर्दै भनिन्, हामी सहमति मै नेतृत्व चयन गछौं । नभए निर्वाचनमा जान सक्छौं ।

लेडी जेसीजको वर्ष २०२२ का लागि ४ जनाले उम्मेद्वारी दिएका छन् । त्यसमध्ये संगिता चिमरिया र संगिता गिरीबिच बलियो प्रतिष्पर्धा छ । कामना उप्रेती र युनिता दवाडी समेतले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

२ वर्षदेखि अध्यक्ष छोडर सहमति गराउँदै आउने चिमरियालाई फेरि रोक्ने प्रयास भएपछि लेडी जेसीमा विधिको शासन मान्नेहरु एक भएका छन् । चिमरियाकै सहयोगमा वर्तमान अध्यक्ष आचार्य वर्ष २०२१ को अध्यक्ष बनेको दावी गरिएको छ । यसअघि चिमरियालाई अध्यक्ष बनाउने सहमति समेत भएको थियो । उनले सहमतिका लागि दुई पटक अध्यक्ष छोडेकी थिइन् । तेस्रो पटक पनि सहमतिको नाममा अध्यक्ष बन्नबाट रोक्न खोजेपछि लेडी जेसीजमा विद्रोह शुरु भएको छ ।

शनिवार साँझ परेपछि वीरता लेडी जेसीजमा आवद्ध महिलाहरु कार्यलय तल ओर्लिएर नै विवादमा उत्रिएका थिए । विधिको शासन पालना गर्न अनुरोध गर्दा हप्कीदप्की समेत भएको पीडितहरुको गुनासो छ । मिडियामा समाचार लेखाएमा विधान ल्याएर सदस्यता नै खारेज गरिदिनेसम्मको धम्की आएको एक सदस्यले जानकारी दिइन् । उनले भनिन्, ‘हामी अन्यायमा परेका छौं । समाचार लेख्दा सदस्य जान सक्छ । विचार गरेर लेखिदिनुहोला ।’

वर्ष २०१२ कि अध्यक्ष उर्मिला खरेलले वीरता लेडी जेसीजलाई विवादरहित बनाउनुपर्ने बताइन् । उनले अध्यक्षका लागि सहमति नभए निर्वाचनमा जानुपर्ने सूझाव दिएकी छन् । पूर्व अध्यक्ष खरेलले भनिन्, संस्थामा सबै समान हो । कोही कसैले शासन गर्ने कुरा आँदैन ।

शेयर गर्नुहोस :

0
Shares