Banner news

वीरता लेडी जेसीजको अधिवेशन हप्ता दिनलाई स्थगित

वीरता लेडी जेसीजको अधिवेशन हप्ता दिनलाई स्थगित


बिर्तामोड । वीरता लेडी जेसीजको शाखा अधिवेशन एक हप्ताको लागि स्थगित भएको छ । निर्वाचन अधिकृत सुस्मा पौडेलले एक हप्ताको लागि स्थगित गरिएको जानकारी दिइन् । उनका अनुसार सहमतिका लागि स्थगित गरिएको हो । दिन पनि छोटो छ, त्यसैले सहमति गराउन प्रयासकै लागि एक हप्ता तोकेका छौं, उनले थपिन् ।

लेडी जेसीजमा उद्घाटन शत्र पछि शुरु भएको बन्दशत्रमा उम्मेद्वार विरुद्ध दावी विरोध भएको बुझिएको छ । यद्दपि, कसले दावी विरोध गरेको भन्ने बारे आधिकारिक रुपमा बाहिर आएको छैन । अध्यक्षका रुपमा संगिता चिमरिया र संगिता गिरीसहित ४ जनाले उम्मेद्वारी दिएका छन् । चिमरियाको उमेर बढि भएको भन्दै दावी विरोध गरिएको भनाई छ । निर्वाचन समितिले दावी विरोधबारे अहिलेसम्म बोलेको छैन ।

यसअघिका कार्यकालमा चिमरियालाई अध्यक्ष बनाउने सहमति गराउँदै रोकिएको थियो । उनले पटक–पटक अध्यक्ष छोड्दै आएपनि उनलाई अध्यक्षमा रोक्ने मात्रै काम भएकोले विवाद बाहिर आएको छ । चिमरियालाई अध्यक्ष बनाएर जाने भन्ने आन्तरिक सहमति हुँदाहुँदै उनको उम्मेद्वारीमाथि दावी विरोध गरेको सूचना बाहिर आएको छ । सो सूचनाकै आधारमा चिमरियालाई अध्यक्ष बनाउनुपर्छ भन्नेहरु सहमति तोड्नेहरुको विरोधमा उत्रिएका छन् ।

सहमति कार्यान्वयन नहुँदा लेडी जेसीजको शाखा अधिवेशन विवादमा तानिएको छ । उमेर हदको विषयमा चर्चा शुरु भएकाले कतिपय सदस्यहरुले यसअघिका अध्यक्षहरुको उमेर छानविनको माग समेत गर्न थालेका छन् । शाखाको अधिवेशनमा सहमति जुट्न नसक्दा एक हप्ताका लागि स्थगित गरिएको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares