बिर्तामोड

डाइनामिक क्लवलाई सामाजिक सेवामा थप सक्रिय बनाइने

डाइनामिक क्लवलाई सामाजिक सेवामा थप सक्रिय बनाइने

??????

बिर्तामोड । डाइनामिक क्लव बिर्तामोडलाई थप सक्रिय बनाउदै सामाजिक सेवामा क्रियाशिल बनाइने भएको छ । दोस्रो वार्षिक साधारणसभामा क्लवमा आवद्ध सदस्यहरुले सो प्रतिवद्धता जनाएका छन् ।

??????

स्थापनाकालदेखि रचनात्मक क्रियाकलापमा सक्रिय डाइनामिक क्लव बिर्तामोडले आगामी दिनहरुलाई थप रचनात्मक बनाइने अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए । उनले साधारणसभामा हालसम्मका गतिविधि र आगामी योजनका बारेमा प्रतिवेदन सार्वजनिक गरेका थिए । सामाजिक तथा खेलकुदको क्षेत्रमा उत्साहजनक सहभागिता जनाउँदै आएको डाइनामिक क्वलले १३ लाख बढिको योजना सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी विर्तामोड –१ का अध्यक्ष अग्नि पाण्डेले सामाजिक कामका लागि क्लवलाई सधैंव सहयोग गर्न तयार रहेको बताएका छन् । उनले क्लव स्थापनाले धेरैलाई सामाजिक सेवामा लाग्न प्रेरित गरेको बताए । सामाजिक संस्थाले सबै विचार समूहलाई एकै ठाउँमा जोडेर सुन्दर समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोही कार्यक्रममा संस्थापक अध्यक्ष हिरानन्द थपलियालाई सम्मान गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares