बिर्तामोड । बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल सहित ३ जना कर्मचारीको विदाई गरेको छ ।
नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच बिर्तामोडबाट पाँचथरको फिदिम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल,सेवा निवृत्त भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत्त भएकी सिनियर अनमी रितादेवि दाहाललाई सम्मान सहित विदाई गरिएको हो ।

विदाई हुने कर्मचारीहरुलाई नगर प्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पवित्रादेवि महतारा प्रसाईले दोसल्ला ओढाएर सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । यस्तै विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरुले खादा तथा माला र अविर लगाएर विदाई गरे ।
कार्यक्रममा बोल्दै नगरप्रमुख धु्रवकुमार शिवाकोटीले विदाई भएर जानेहरुलाई आगामी दिनको शुभकामना व्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत दाहाल विधि र पद्वतिको ख्याल गर्ने कुशल नेतृत्वका धनि रहेको भन्दै उच्च प्रसंशा समेत गरे । यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख पवित्रा महतारा प्रसाईले प्रमुख प्रशासकीय अधिकृत दाहाल नीतिगत र सुशासनको पक्षमा अव्वल रहेको धारणा राखिन् ।
प्रमुख प्रशासकीय अधिकृत दाहालले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी विचको सन्तुलन राम्रो रहेको उल्लेख गरे । आफुले २०६१ सादेखि स्थानीय तहमा काम गर्दै आएको भन्दै उनले अन्य पालिका भन्दा बिर्तामोड पृथक रहेको बताए । जनप्रशासन र विकास प्रशासनमा आवद्व रहेका २ वटा पाटाहरु पुग्ने एउटै गन्तव्य जनतालाई सेवा सुविधा प्रदान गर्नु नै रहेको उनको धारणा थियो ।
यस्तै सेवा निवृत भएर विदा भएका शाखा अधिकृत देवराज कार्कीले आफु कार्यरत रहँदा सबै क्षेत्रबाट सकरात्मक सहयोग मिलेको बताए । पेशागत महासंघको स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले देशमा राजनीतिक परिवर्तनका लागि राष्ट्र सेवकहरुको पनि महत्वपुर्ण योगदान रहेको उल्लेख गरेका छन् ।







प्रतिक्रिया