Banner news

एमाले झापा अधिवेशन : युवा विधार्थीबाट को आउला नेतृत्वमा ?

एमाले झापा अधिवेशन : युवा विधार्थीबाट को आउला नेतृत्वमा ?


बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनले पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भयो । केहि सदस्य पद्मा पनि सर्वसम्मत भइसकेको छ । नेतृत्वले सबै क्लस्टरमा सहमति गर्ने गरि छलफललाई अघि बढाएको छ ।

पत्रकार,भूमिहीन, मधेसी क्लस्टरबाट सर्वसम्मत भएको छ । संघीय निर्वाचन क्षेत्रका ५ जना सदस्य निर्वाचित भइसकेका छन् । अन्य क्लस्टर र भुलोलबाट अझै पनि नेतृत्व चयन हुन सकेको छैन । सबैको नजरमा परेको युवा, विधार्थी र खेलकुद क्लस्टरमा सहमतिको प्रयास भइरहेको छ । सो क्लस्टरमा २ जनाले जिल्ला कमिटी सदस्य बन्न पाउनेछन् । २ जना सदस्यका लागि ९ जनाको उम्मेद्वारी परेको छ ।
युवा, विधार्थी र खेलकुद क्लस्टरबाट कनकाईका पर्वत भण्डारी, गौरादहका समर्पण खतिवडा, कनकाईका रविन खरेल, शिवसताक्षीका डम्बर अधिकारी, डिगम पराजुली, दमकका राजकुमार थापा, कमलका शम्भु भण्डारी, बिर्तामोडका उमानाथ खतिवडा (उमेश) र कमल कै माया शिवाकोटीले उम्मेद्वारी दर्ता गराएका छन् ।

छलफल चलिरहेकै बेला एक पुरुष र एक महिला अनिवार्य ल्याउनुपर्ने दवाव बढेको छ । राजनीतिक रुपमा माया शिवाकोटीलाई न्याय गर्न उनलाई जिल्ला कमिटीमा ल्याउनुपर्ने नेताहरुको तर्क छ ।

शेयर गर्नुहोस :

0
Shares