Banner news

नेकपा एमाले झापाको निर्वाचन कार्यक्रम सार्वजनिक, भरसक चुनाव नगर्ने

नेकपा एमाले झापाको निर्वाचन कार्यक्रम सार्वजनिक, भरसक चुनाव नगर्ने


बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित भएको छ । प्रमुख निर्वाचन अधिकृत गजेन्द्र आचार्यले पुस ३० गते विहान ९ बजेदेखि ३ बजेसम्म मतदान गर्ने कार्यक्रम प्रकाशन गरेका हुन् ।

२३ गते बिर्तामोडको राम चोकस्थित हिमाल सागर रिसोर्टमा भएको अधिवेशनले पदाधिकारीसहित केहि सदस्य पद्मा सर्वसम्मत गरेको थियो । बाँकी सदस्यहरुमा सर्वसम्मत नभएपछि निर्वाचन समितिले प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यक्रम अनुसार २७ गते १० बजेदेखि २८ गते ४ बजेसम्म उम्मेद्वारी फिर्ताको समय दिइएको छ ।

२८ गते बेलुका ५ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेद्वारको प्रचार प्रसार २८ गते बेलुका ५ बजेदेखि २९ गते बेलुका ५ बजेसम्मलाई तोकिएको छ । यस्तै, ३० बेलुका ४ बजेपछि मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।

प्राप्त सूचना अनुसार युवा विधार्थी र खेलकुदसहित केहि भुगोलमा निर्वाचन हुन सक्ने संभावना बढेर गएको छ । जिल्लाका नेताहरु सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने गरि छलफलमा जुटिरहेका छन् । निर्वाचन गर्दा प्रतिनिधिलाई बोलाउन नसकिने भएकाले सहमतिको प्रयास जारी छ ।

शेयर गर्नुहोस :

0
Shares