Banner news

झापामा माघ ७ देखि खोप कार्ड अनिवार्य

झापामा माघ ७ देखि खोप कार्ड अनिवार्य


बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै झापामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्ध लगाइएको खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलवार सम्पन्न बैठकले सो ९ बुँदे निर्णय गरेको छ ।

बैठकले सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरि प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न आग्रह गरेको छ । अत्यावश्यक नियमित कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने निर्णय भएको छ । अर्को, सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरि मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न , नगराउन आग्रह गरिएको छ ।

यस्तै, बैठकले कार्यलयहरु, होटल, रेस्टुरेन्ट,सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप कार्ड अनिवार्य (मोवाइलमा फोटो भएपनि हुने) गर्ने निर्णय गरेको छ ।
नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रावकारी बनाउने, परीक्षणमा कोभिड देखिएका व्यक्तिलाई तत्कालै आइशोलेशनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
सार्वजनिक स्थलमाहरुमा निःशुल्क एन्टिजेन परीक्षणका लागि बुथहरु स्थापना गर्न र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियान कै रुपमा अघि बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्ने कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

बैठकले छिमेकी मुलुक भारतमा समेत कोभिडको संक्रमण तीव्र रुपमा फैलिरहेको हुँदा अतिआवश्यक काम नपरी सीमा वारपार नगर्न बैठकले नागरिकलाई आग्रह गरेको छ । कोभिड–१९ को पहिलो र दोस्रो चरणमा सञ्चालनमा ल्याइएका होल्डिङ सेन्टरहरु, आइशोलेशन सेन्टरहरु र अस्पतालहरुलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई अवस्थामा राख्न आग्रह गरेको छ ।
यस्तै, शिक्षा मन्त्रालयको सूचना अनुसार विधालयहरु माघ १५ सम्म विदा गर्ने निर्णयलाई कार्यान्वयन गर्न गराउने सबै शैक्षिक प्रतिष्ठानलाई जानकारी गराइएको छ । जिल्लास्थित कोभिड व्यवस्थापन समितिले सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares