बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत हुन नसकेका पद्हरुमा निर्वाचन हुने भएको छ ।
निर्वाचन समितिले औपचारिक रुपमा पार्टीलाई पुस ३० गते शुक्रवार विहान ९ बजेबाट निर्वाचन गर्ने जानकारी गराइसकेको निर्वाचन समितिका प्रमुख गजेन्द्र आचार्यले जानकारी दिए ।
पार्टीको जिल्ला अधिवेशन उद्घाटन भएकै पार्टी प्यालेसमा निर्वाचन हुने आचार्यले जानकारी दिएका छन् । उनका अनुसार खुल्लामा निर्वाचन हुने भएको छ । खुल्लामा २८ जनाका लागि ८० जनाले मनोनयन दर्ता गरेका थिए । त्यसमध्ये केहिले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समितिको भनाई छ ।
प्राप्त सूचना अनुसार खुला र समावेशी क्षेत्रमा निर्वाचन हुने निश्चित भएको छ । हालसम्म खुल्ला र समावेशी क्षेत्रमा सहमति जुट्न सकेको छैन । अधिकांश क्लस्टरमा नेताहरुले सहमति जुटाए पनि खुल्लामा धेरै जनाको उम्मेद्वारी परेकाले सहमति हुन नसकेको बताइएको छ । यता, सर्वसम्मत भएको नाम समेत शुक्रवार नै घोषणा गरिने बताइएको छ । एमाले झापाको जिल्ला अधिवेशनमा ९१५ जना प्रतिनिधि रहेका छन् । उनीहरुलाई पालिका कमिटीले संयोजन गरेर अधिवेशनमा सहभागी गराउने बुझिएको छ ।







प्रतिक्रिया