Banner news

भारतबाट आयात गरिएको करिव २ लाखको अवैध माछा गौरादहमा नष्ट

भारतबाट आयात गरिएको करिव २ लाखको अवैध माछा गौरादहमा नष्ट


बिर्तामोड । भारतबाट आयात गरि ल्याएको अवैध १६ कार्टुन माछा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज विहान गौरादह– ३ बाट प्रहरीले अवैध रुपमा आयात गरिएको माछासहित मे १ च ३६३२ को छोटा हात्ती नियन्त्रणमा लिएको थियो ।

छोटा हात्तीमा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको १ लाख ९२ हजार बराबरको माछा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गौरादहमा नष्ट गरिएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । प्रहरीले माछा आयातकर्ताको नाम भने सार्वजनिक गरेको छ । प्रवक्ता पाठकका अनुसार माछा आयात गर्ने को हो भन्ने अहिलेसम्म खुलेको छैन ।

शेयर गर्नुहोस :

0
Shares