Banner news

२३ वर्षीया आरती भट्टराई एमाले सुनसरीको जिल्ला सदस्यमा निर्वाचित

२३ वर्षीया आरती भट्टराई एमाले सुनसरीको जिल्ला सदस्यमा निर्वाचित


सुनसरी- नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षीया आरती भट्टराई निर्वाचित हुनुभएको छ ।

विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय भट्टराई एमाले सुनसरीको बराहक्षेत्र नगरपालिका भूगोलबाट निर्वाचित हुनुभएको थियो ।

उहाँ ९०२ मतका साथ निर्वाचित हुनुभयो । बराहक्षेत्रबाटै नन्दकुमारी राई जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । भट्टराई अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेकी छिन् ।

शेयर गर्नुहोस :

0
Shares