बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट अनेरास्ववियुका १५ नेता जिल्लाको नेतृत्वमा आएका छन् । पूर्व विधार्थी नेता सहित वहालवाला विधार्थी नेताहरु जिल्ला कमिटीमा अटाएका छन् । २ जना पूर्व विधार्थी नेताले पदाधिकारी मै जिम्मेवारी पाए ।
सोमवार मात्रै सपथग्रहण गरेको जिल्ला कमिटीमा अनेरास्ववियु झापाका ९ जना पूर्व अध्यक्ष निर्वाचित भएका छन् । जिल्ला कमिटीको सचिवमा अनेरास्ववियुका पूर्व अध्यक्ष शिव ढुङ्गेल र उपसचिवमा पूर्व अध्यक्ष असारु राजवंशीले जिम्मेवारी प्राप्त गरेका छन् ।

अनेरास्ववियु झापाका पूर्व अध्यक्षहरु नगेन्द्र भण्डारी, टिकाराम मंग्रान्ती, मनोज ताम्ली, देशबन्धु ढुङ्गेल, रविन्द्र लम्साल, नविन ढुङ्गाना र समर्पण खतिवडा जिल्ला कमिटी सदस्य बनेका छन् । यस्तै, अनेरास्ववियुको स्थायी कमिटी सदस्य निता घतानी, पूर्व केन्द्रीय सचिवालय सदस्य बद्री भट्टराई, पूर्व जिल्ला सचिव तुलसी कार्की, दिपक गौतम , पूर्व सहसचिव सिकिन पासवान र पूर्व केन्द्रीय सचिवालय सदस्य छवि चुडाल १० औं जिल्ला अधिवेशनबाट सदस्य भएका छन् ।







प्रतिक्रिया