Banner news

सम्पर्कविहीन भएका १३ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

सम्पर्कविहीन भएका १३ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह


काठमाडौँ । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

शेयर गर्नुहोस :

0
Shares