बिर्तामोड । झापा बिर्तामोडकी कृपा पौडेललाई नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्समा विजयी गराउन उनका बुबा कुमार पौडेलले आग्रह गरेका छन् । उत्कृष्ट ५ मा छनोट भएर फाइनल राउन्डमा प्रवेश गरेपछि कृपा जिताऔँ अभियानले बुधबार पत्रकार सम्मेलन गर्दै भोटको लागि अपिल गरेको हो ।
उनका बुवाले सबै समर्थकलाई भोट गर्न आग्रह गरेका हुन् । गत वर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरेर चर्चा बटुलेकी कृपाले सारेगमप लिटिल च्याम्प्स नेपालमा पनि अब्बल प्रस्तुति दिइरहेकी छन् ।
उनले निर्णायक र ग्रान्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी छन् । शनिबारको एपिसोडमा कृपाले ‘धरती यो गगन’ बोलको गीत गाएकी थिइन् । यही प्रस्तुतिबाट प्रतियोगीले आश गर्ने सङ्गीतकार न्ह्यु बज्राचार्यबाट गीत गाउने प्रस्ताव पाइन् कृपाले । बज्राचार्यले ‘कृपा, मेरो गीत गाउँछौ ?’ भनेर सोधेनन् मात्र आफ्ना धेरै गीत कृपाले गाउने घोषणा नि गरिदिए ।

झापा बिर्तामोड–२ चारपानेकी १४ वर्षीया गायिका कृपालाई शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी टिभीबाट प्रसारण भइरहेको ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को विजेता बनाउन मोबाइलको म्यासेज बक्समा गएर एसजिएमपी स्पेस ०९ टाइप गरेर ३३००१ मा पठाउनुपर्ने छ ।
त्यस्तै, मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न सकिनेछ । भोट यही माघ २२ गते राति ९ बजेसम्म गर्न सकिनेछ । कृपाले हरेक एपिसोडमा निर्णायक न्ह्युु बज्राचार्य, इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा र १५ जना ग्रान्ड जुरी मेम्बरको मन जित्दै आएकी छन् । सफल भइरहेकी छिन् भने हरेक इपीसोडमा दर्शक तथा श्रोताको मन समेत जितिरहेकी छिन् । मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत् उनी बिर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लासमा संगीत सिक्दै गरेकी छन् ।







प्रतिक्रिया