Banner news

सांसद् खरेलबाट एमालेलाई फेरि धोका, खनिए कार्यकर्ता

सांसद् खरेलबाट एमालेलाई फेरि धोका, खनिए कार्यकर्ता


बिर्तामोड । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले आफ्नै पार्टीलाई फेरि धोका दिएकी छन् । एमाले नेतृ खरेलले दोस्रो पटक पार्टीलाई ठुलो धोका दिएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

नेकपा एमालेले आज संसदीय दलको बैठकमा गरेको हस्ताक्षर संकलनका क्रममा खरेलले हस्ताक्षर गर्न अस्वीकार गरेकी हुन् । विशेष परिस्थितिमा हस्ताक्षर आवश्यक हुने भन्दै पार्टीले हस्ताक्षर संकलन गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि महाअभियोग गर्दा गरेपछि उत्पन्न राजनीतिक घटना क्रममा नेकपा एमालेले समेत आफ्ना सांसद्सँग हस्ताक्षर संकलन गरेको हो ।

यसअघि खरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन ८६ औं नम्बरबाट हस्ताक्षर गरेकी थिइन् ।

झापाका एमाले कार्यकर्र्ताहरुले सामाजिक सञ्जालमा उनको व्यापक आलोचना गरिरहेका छन् । खरेल विरुद्ध एमाले कार्यकर्ताले यस्तो लेखेका छन्, – एमाले पार्टीको नेतृत्वमा बस्ने, पार्टीबाट सांसद बन्ने, आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन ८६ नम्वरमा हस्ताक्षर गर्ने, परमादेशबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन रिट हाल्ने, पार्टीमै छु भनेर संसदीय समितिको सभापति भई राज्यमन्त्री सरहको सुविधा भोग गरिरहने तर पार्टीले राजनीतिक परिस्थिति अनुसार हस्ताक्षर प्रयोग हुन्छ हस्ताक्षर गर्नु भनेर कागज दिँदा खाली कागजमा सही गर्दिन भन्ने काम अति भएन र ? माननीय पवित्रा निरौला खरेल ज्यू । नेतृत्वप्रति विश्वास नभए पार्टी छोडे नै राम्रो होइन र ?

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu