Banner news

एमसीसी विरुद्ध बिर्तामोडमा राँके जुलुस

एमसीसी विरुद्ध बिर्तामोडमा राँके जुलुस


बिर्तामोड । झापाको बिर्तामोडमा एमसीसी विरुद्धमा राँके जुलुस निकालिएको छ । राप्रपाको युवक संगठनले बिर्तामोडमा राँके जुलुस निकाल्दै आज संसद्मा टेवुल भएको एमसीसीको विरोध जनाएका छन् ।

राँके जुलुससहित बिर्तामोड परिक्रममा गरेका उनीहरुले एमसीसी खारेज हुनुपर्ने नारा लगाएका थिए । जुलुसमा ‘राष्ट्रधाती एमसीसी खारेज गर, देश बेच्न पाइदैन’ भन्ने नारा लगाइएको थियो । कोणसभामा राप्रपाका युवाहरुले एमसीसीको चर्को विरोध जनाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares