Banner news

संखुवासभा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

संखुवासभा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो


काठमाडौँ- संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

संखुवासभाबाट दमकका लागि छुटेको को ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको डिएसपी लालध्वज सुवेदी जानकारी दिनुभयो ।

हाल घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

शेयर गर्नुहोस :

0
Shares