Banner news

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुरेश यादवका अनुसार मुख्यमन्त्री यादवले २८ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । दुवै दल सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

यद्यपि, मधेश प्रदेशमा अब नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने टुंगो लागिसकेको छैन । विभिन्न दलले आ–आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । तर, जसपा नेपालले तत्काल सरकारमा सहभागी हुने चासो नदेखाउँदा नयाँ सत्ता समीकरणबारे अन्योल कायमै छ ।

नयाँ गठबन्धनमा कुन–कुन दल सहभागी हुने र कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयसमेत अझै स्पष्ट हुन सकेको छैन ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu