सम्पादकीय

मुल्याङकन गर्न एक्लाएक्लै चुनाव लडौं

मुल्याङकन गर्न एक्लाएक्लै चुनाव लडौं


सम्पादकीय
परमादेशबाट सरकार ढालेदेखि सँगसँगै रहेका दलहरु बिचको गठबन्धन निर्वाचन पनि तालमेल गरेरै लढ्ने तयारीमा जुटेका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको समुह अहिले गठबन्धन गरेरै निर्वाचनमा जाने बताइरहेका छन् । देशभर गठबन्धन गरेर निर्वाचनको तयारी गर्दै गर्दा आन्तरिक विवाद भने कायमै छ । गठबन्धनभित्र भागबन्डाको लफडा बढेको बढैछ । झापामा पनि दलहरुको दावी कडा–कडा नै छ । गठबन्धन बलिया र कमजोरहरुको मोर्चा हो । त्यहाँ कमजोरहरुले बलिया बराबर भाग खोज्ने काम भइरहेको छ ।

नेपाली कांग्रेस मुलुकको दोस्रो ठुलो शक्ति हो । एमालेपछिको ठुलो पार्टीमा माओवादी र जनआधार नै नभएको नेकपा समाजवादी पनि मिसिएको छ । माओवादीको दावीलाई सामान्य नै मान्न सकिन्छ । तर, समाजवादीको इगो एमालेभन्दा धेरै सिट जित्ने आकांक्षा हो । देशभर नेता मात्रै भएको नेकपा समाजवादीले कांग्रेसभन्दा धेरै दावी गर्ने कुरा स्वभाविक छैन । अहिले कांग्रेस र माओवादीले सामान्य टेको मात्रै दिने हो भने पनि लिनुपर्छ । तर, गठबन्धनमा कांग्रेस बराबरको हैसियतमा माग्नु जायज होइन ।

सर्वप्रथम , स्थानीय चुनाव भनेको गठबन्धन गरेर जनताको बिचमा जाने नै होइन । स्थानीय चुनावमा एक्लाएक्लै जितेर देखाउनुपर्छ । चुनावमा धेरै दलहरु मिलेर चुनाव लढ्ने हो भने उनीहरुको मुल्याङकन हुन सक्दैन । अहिलेको गठबन्धन नेपाली कांग्रेसको आवश्यकता होइन । माओवादी र समाजवादीको जोडबलले गठबन्धन गर्नुपरेको स्पष्ट देखिन्छ । यसैले साना दुई दलको जवरजस्तीले गरिएको गठबन्धनले नेपाली कांग्रेसको कार्यकर्ताको भावना सम्बाधन गर्दैन । यहाँ प्रतिगामीलाई तह लगाउने कुरा उठाइन्छ । त्यो कुरा भन्दै जनतालाई ढाँटेर २÷४ ठाउँ चुनाव जित्ने रणनीति मात्रै हो । यसैले भरसक गठबन्धन गरेर होइन, स्थानीय चुनाव एक्ला एक्लै लढेर आफ्नो मुल्याङकन पनि गर्नुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares