Banner news

विप्लप नेतृत्वको नेकपालाई कमजोर नआँक्न चेतावनी

विप्लप नेतृत्वको नेकपालाई कमजोर नआँक्न चेतावनी


बिर्तामोड । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सुनसरी इञ्चार्ज दिपेश राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका छन् । माओवादी पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध लडेर आएको स्मरण गराउँदै नेता राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका हुन् ।

बिर्तामोडमा आयोजित तेस्रो झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता राईले नेकपा त्यहि प्रतिबद्धता र त्यहि लक्ष्य बोकेर आएका योद्धाहरुको पार्टी रहेकाले राज्यले कमजोर आँके दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।
सिद्धान्त सहितको परिवर्तनको एजेण्डा बोकेर आएको नेकपाले आफ्नो उद्देश्य प्राप्तिका निमित्त जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै देशमा अहिले निम्तिएको आर्थिक संकट बढ्नुको कारण राज्यसत्तामा रहेकाहरुको लुट धन्दाका कारण भएको बताएका छन् ।

खुल्ला सत्र सकिए लगत्तै बन्द सत्र सुरु भएको र बन्द सत्र कार्यक्रमले आगामी झापा जिल्लाको नयाँ नेतृत्व चयन गर्ने नेकपा झापाले जनाएको छ । पार्टीका जिल्ला सचिव प्रशान्त थापाको अध्यक्षतामा भएको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज दिपेश राई थिए भने विशेष अतिथि पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बू रहेका थिए ।

त्यस्तै अतिथिहरुमा अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष कमला कन्दङ्वा, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश १ इन्चार्ज सुवास राई, अखिल (क्रान्तिकारी) का प्रदेश –१ इन्चार्ज हरी पुन, सहिद परिवारका सदस्य दिपक कन्दङ्वा, जिल्ला सल्लाहकार सदस्य खोम मिश्र, गणेश पौडेल लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रमको शुभकामना मन्तव्य जिल्ला सदस्य रोशनी लिम्बुले राखेकी थिइन् भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राईले मैनबत्ती बालेर गरेका थिए ।

जिल्ला कार्यालय सचिव सञ्जय राईले सञ्चालन गरेको कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) कि केन्द्रीय कोषाध्यक्ष कमला कन्दङ्वा, युवा संगठन नेपाल प्रदेश १ इन्चार्ज सुवास राई, सहिद परिवार सदस्य दिपक लोकान्द्री, सल्लाहकार सदस्य खोम मिश्र , केन्द्रीय सल्लाहकार समिति सदस्य होम खतिवडा, पार्टीका जिल्ला इन्चार्ज सुमन लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu