झापा । बिर्तामोड नगरपालिकाले विकास योजनाहरुको अनुगमन कार्यलाई तीब्र बनाएको छ ।

आज (बिहीबार) नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला र इन्जिनियर डिल्ली गौतम सहितको टोलीले वडा नम्बर ८ प्याकुरेल चोकमा रहेको कल्भर्ट र वडा नम्बर ७ र ८ लाई जोड्ने गरी बाह्रघरेस्थित रेखा खोलामा बक्स कल्भर्ट निर्माणका लागि स्थलगत अनुगमन गर्नु भएको हो ।
बर्खामा यी २ वटा वडालाई वारीपारी गर्न समस्या भईरहेकाले बक्स कल्भर्ट निर्माणको काम चांडै सुरु गर्ने नगरप्रमुख प्रसाईले बताउनु भयो ।
बक्स कल्भर्टको निर्माणका लागि एन.के कन्सट्रक्सन बिर्तामोडले ३७ लाख ७३ हजार ३१९ रुपैंया ५९ पैसामा ठेक्का लिएको छ । ठेक्काको संझौता २०७९ साउन ३० गते भएको र यसको आगामी मंसीर २० गतेसम्ममा निर्माण कार्य सम्पन्न हुने जनाईएको छ । बक्स कल्भर्ट बिर्तामोड नगरपालिकाको लगानीमा निर्माण हुन लागेको हो ।







प्रतिक्रिया