Banner news

झापा एमालेले प्रदेशलाई पठायो सिफारिस भएको नाम

झापा एमालेले प्रदेशलाई पठायो सिफारिस भएको नाम


समानुपातिकको जिम्मा कार्यालय कमिटीलाई
बिर्तामोड । नेकपा एमाले झापाले क्षेत्रीय कमिटीबाट सिफारिस भएर आएका नामहरुलाई राय सूझाव सहित प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको छ । क्षेत्रबाट आएका नामहरु उपर आवश्यक छलफल गरी जस्ताको त्यस्तै प्रदेशलाई पठाइएको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिए ।

मंगवार बिर्तामोडस्थित सिटी पार्टी प्यालेसमा आयोजित जिल्ला कमिटी बैठकले सिफारिस भएर आएका नामहरु प्रदेशलाई पठाउने निर्णय गरेको हो ।

झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा रविन कोईरालाको नाम सर्वसम्मत भएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गर्न सफल कोइराला फेरि शर्मासँगै कडा प्रतिष्पर्धा गर्न मैदानमा आएका छन् ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा राजु कार्की, निलकण्ठ तिवारी, बन्धन मुण्डा, देवकुमार राई, शान्ति प्रसाद सापकोटा , रमा भण्डारी, कृष्ण कनाल , चन्द्र प्रसाई, रामचन्द्र उप्रेती, राम ओली , शोभा खवास, इन्द्र बास्कोटा , मोहन प्रकाश उप्रेती, भुपाल ओली , विष्णु सुवेदी, प्रेम कुमारी भट्टराई, निर्मला गौतम र राजु पोखरेलको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको हो ।
यस्तै, प्रदेश निर्वाचन क्षेत्र १(ख) लता प्रसाई, घनश्याम अधिकारी, लक्ष्मी राई, रेणुका डाँगी, पुरुषोत्तम अधिकारी, रमेश आचार्य, हरि घिमिरे र याम बरालको नाम प्रदेशमा सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा उम्मेद्वारमा अग्नि खरेल, देवराज घिमिरे, पवित्रा निरौला खरेल र धुव्रकुमार शिवाकोटीको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ । बैठकले २ (क) मा एकराज कार्की, बद्री भट्टराई, रोमणी भट्टराई, चन्द्रा सेडाईलाई सिफारिस गरेको हो । २ (ख) मा चिन्तन पाठक, हरि राना, रोहितमान ढकाल, देवीमाया भट्टराईको नाम सिफारिस गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका रुपमा दुर्गा प्रसाई, मोहनचन्द्र रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई र रविना ढकालको नाम प्रदेशमा पठाइएको छ । ३ (क) मा बसन्त बानियाँ, हरि तिमसिना, चन्द्रमाया श्रेष्ठ र (ख) मा छवि चुडाल, लक्ष्मण पाठक, हरि राजवंशी, धनकेशर बस्नेत, सोमनाथ पोर्तेल, जीवन श्रेष्ठ र ललिता बस्नेतको नाम सिफारिस भएको इजलासलाई जानकारी दिइएको छ ।

जिल्ला कमिटी बैठकले झापा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका रुपमा होमप्रसाद गौतम, लाल प्रसाद साँवा, भोजकुमारी नेपाल, हिरा कुमार थापा, चन्द्रकुमार शेर्मा, क्षेत्र नं. ४ (क) मा तुलसी मैनाली, राधाकृष्ण खनाल, भरतईन्द्र बस्नेत, केशरसिंह बस्नेत, कृष्ण कुमार भट्टराई, भैरव श्रेष्ठ, राजीव घिमिरे, (ख) मा खेम मिश्र, गोकर्ण ओझा , मनोज ताम्ली, तुलाराम बस्नेत , कमल कटेल, कृष्णप्रसाद खतिवडा, धनबहादुर थेवे, बिनोद राना मगर, गजेन्द्र ताम्ली, डम्बर अधिकारी, लक्ष्मीनारायण खनाल (विशाल), मिलन कटेल, पुष्प सापकोटा, रविन्द्र लम्साल र ओम पाठकको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।

क्षेत्र नं. ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाम प्रतिनिधिसभा उम्मेद्वारका रुपमा सर्वसम्मत सिफारिस गरिएको हो । प्रदेश तर्फ ५ (क) मा हिक्मत कुमार कार्की, मदन प्रसाद अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुङगेल, (ख) मा होमबहादुर थापा, इन्द्र भण्डारी, लिला ढुङ्गेल दाहाल, नर्बदा गौतम, नारायण गौतम, उर्मिला ओली, अर्जुन राई, बोध प्रसाद घिमिरे, बलराम गजुरेल, कुमार साम्सुहाङको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको पार्टी जिल्ला सचिव ढुङ्गेलले जानकारी दिए ।

बिर्तामोडमा सम्पन्न बैठकले क्षेत्रीय कमिटीबाट आएका नामहरुलाई प्रदेशमा पठाइएको हो । प्रदेश बैठकले केन्द्रीय कमिटीमा पठाउने प्रक्रिया बाँकी रहेको बताइएको छ । यता, समानुपातिक तर्फको उम्मेद्वार सिफारिस गर्ने जिम्मा कार्यालय कमिटीलाई प्रदान गरिएको छ । बैठकले नाम सिफारिस गर्ने अधिकार सहित कार्यालय कमिटीलाई जिम्मेवारी तोकेको हो ।

शेयर गर्नुहोस :

0
Shares