Banner news

भद्रपुरमा १० लाखको सुन र मोवाइल चोरी गर्ने पक्राउ

भद्रपुरमा १० लाखको सुन र मोवाइल चोरी गर्ने पक्राउ


बिर्तामोड । मोवाइल र सुनका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर १० का २२ वर्षीय रितिक कुमार शर्मा र वडा नं. ७ का रोशन राजवंशी रहेका छन् ।

भद्रपुर नगरपालिका वडा नं. ७ स्थित विशम टोलमा रहेको राजेन्द्र गिरीको घरबाट उनीहरुले मोवाइल र गरगहना चोरी गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रेड्मी कम्पनीको मोबाईल सेट थान–१, टुक्रा पारेको अवस्था रहेको सुनको पहेलो चुराको टुक्रा थान –२, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा थान –२,पहेलो रङको सुनको ब्रास्लेट थान–१, कानमा लगाउने सुनको रामलिला थान–२ र टुक्रा पारेको अवस्थामा रहेको सुनको चन्द्रमाको टुक्रा थान–२ फेला पारेको छ ।

घरमा कोहि नभएको समयमा घरभित्र प्रवेश गरी दराज फुटाएर उनीहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दशी प्रमाण सहित पक्राउ परेका दुवै प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई म्याद समेत लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार चोरी भएका सामग्री करिव १० लाख बराबरको रहेको छ ।

शेयर गर्नुहोस :

54
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu