सम्पादकीय

क्षणिक प्रेमले डुवाउला

क्षणिक प्रेमले डुवाउला


सम्पादकीय
नेपाली समाजमा पछिल्लो समय यौनजन्य घटनाको तथ्याङक डरलाग्दो छ । जतिजति शिक्षा र चेतनाको स्तर बढ्दैछ त्यति नै यस प्रकारका अपराध पनि बढ्दै गइरहेको पाइन्छ । पछिल्लो चर्चित घटनाहरुलाई हेर्ने हो भने मान्छेले वर्षौको संघर्षबाट प्राप्त इमानलाई क्षणभरमा गुमाउनु परेको छ । चर्चित कलाकार पल शाह र विश्वमा नेपाललाई चिनाउन सफल राष्ट्रिय क्रिकेटका कप्तान सन्दिप लामिछाने यहि प्रकरणबाट बद्नाम व्यहोर्न बाध्य भएका छन् । जीवनमा कल्पना नगरेका कुरालाई उनीहरु भोगिरहेका छन् ।

भर्खरै सार्वजनिक सन्दिप लामिछाने माथिको आरोपबारे अनुसन्धान जारी छ । शाहको सन्दर्भमा अदालतले फैसला पनि सुनाइसकेको छ । पलले न्यायका लागि आफ्नो कानुनी अधिकार जारी राख्ने अडान लिएका छन् । दुवै घटनालाई यहाँ प्रतिनिधि मुलक घटनाको रुपमा लिइएको हो । यसको पक्ष विपक्षमा बोल्नु वाञ्छनीय हुदैछ । हरेक मान्छेको संघर्षको कथाहरु छन् । असाध्यै मेहनत गरेर बनाएको सुनौलो जीवन क्षणिक आनन्दमा डुबेर बर्बाद बनाइएको छ । यसैले एउटा सानो कमजोरीले ठुलो प्रभाव पार्न सक्ने कुरालाई ख्याल गर्नुपर्छ ।

मान्छेका हजारौं राम्रा कामहरु हुन् । तर, हाम्रो समाजले एउटा सानो गल्ती नै कुरिरहेको हुन्छ । एउटा गल्तीले चर्चाको शिखरमा पुगेको मान्छे क्षणभरमै माटोमै मिलाइन्छ । हरेक मान्छे जिम्मेवारीका हिसावले माथि पुग्दै गर्दा त्यति नै अनुशासनको खाँचो पनि पर्छ । अनुशासन नहुने हो भने जीवन क्षणभर मै बद्नामको शिखरमा पुग्छ । यसैले कसैमाथि गलत दृष्टि नराखौं । छोटो भेटघाट र प्रेममा परेर कसैमाथि यौनजन्य सम्बन्ध राख्न नराखौं । किशोर वा किशोरी जो सुकैले भविष्यको जोखिमबारे सचेत हुन आवश्यक छ । तत्काल दुई पक्षीय सहमति भविष्यमा जवरजस्ती करणीमा परिणत हुन सक्छ । यसैले आफ्नो जीवनलाई सुरक्षित र व्यवस्थित बनाउन सबैले विवेक पुराउन जरुरी छ ।

शेयर गर्नुहोस :

0
Shares