Banner news

झापाको मतदाता संख्या ६ लाख ६३ हजार पुग्यो

झापाको मतदाता संख्या ६ लाख ६३ हजार पुग्यो


झापा । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ ।

निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ जना अन्य गरी उक्त संख्यामा मतदाता नामावली स्वीकृत गरेको हो । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रवार विज्ञप्ति जारी गरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार आठ सय ९१ मतदान स्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्रहरु रहने गरी स्वीकृत गरेको जानकारी दिए ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता रहेका जिल्लाहरु मोरङ, झापा र काठमाडौँ छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । झापाको मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ पुगेको छ । यस्तै, जिल्लामा ७६६ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares