बिर्तामोड

प्रेस चौतारी मेचीनगरको अध्यक्षमा निरौला

प्रेस चौतारी मेचीनगरको अध्यक्षमा निरौला


बिर्तामोड । बिर्तामोडपछि प्रेस चौतारी नेपाल झापाले मेचीनगरमा कमिटी गठन गरेको छ । सोमबार संविधान दिवसको अवसर पारेर काँकरभिट्टामा प्रेस चौतारी झापाले मेचीनगर कमिटी गठन गरेको हो ।

पत्रकार हेमन्त निरौलाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कमिटी गरेको छ । जसको उपाध्यक्षमा विनिता न्यौपाने, सचिवमा गगन ढकाल र कोषाध्यक्षमा विकास देवकोटा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा सञ्जय श्रेष्ठ र राजन पाठक छन् । एक जना सदस्य पहिलो बैठकले मनोनित गर्ने बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई घरैमा कडा सुरक्षा दिएर बाहिर हिड्न नदिनु पाँचदलिय गठबन्धनको सरकारले चरम निस्कृष्ट व्यवहार प्रर्दशन गरेको बताएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज समेत रहेका कोइरालाले चालेन्द्र शमशेरले पाँचदलिय गठबन्धनको भूमरीमा परेर एमालेको सरकार ढाल्न मद्दत गरेको समेत आरोप लगाए ।
संविधानको रक्षा, जनताप्रति उत्तरदायित्व र यसको पूर्ण कार्यान्वयनमा लाग्न आवश्यक रहेको उनको भनाई छ । उनले विशिष्ठ जातीय समुदायलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरे । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् प्रदेश १ का सहइन्चार्ज टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथिहरुले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई खादा, टिका र अविर लगाइदिएर बधाई दिएको थियो । नयाँ कमिटीको घोषणा प्रेस चौतारीको झापा इन्चार्ज सन्तोष आचार्यले गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेताहरु श्रीप्रसाद मैनाली, रामचन्द्र उप्रेती, राजु कार्की, टिकारमा मंग्राती, राजु पोखरेल, मेचीनगरका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, एमाले झापाका प्रेस चौतारी इन्चार्ज मोहन काजी, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् प्रदेश १ का सहइन्चार्ज अम्बिका भण्डारी, प्रदेश सदस्यहरु अर्जुन कार्की, शिशिर चम्लागाई प्रेस क्लब मेचीनगरका निवर्तमान अध्यक्ष लक्ष्मी उप्रेती, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल लगायतको सहभागिता रहेको थियो ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता, स्वागत उपाध्यक्ष प्रदीप परियार र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares