Banner news

‘अभियुक्तको गोपनीयता’ संरक्षण गर्न माग

‘अभियुक्तको गोपनीयता’ संरक्षण गर्न माग


बिर्तामोड । पछिल्लो समयमा बलात्कार लगायतका अभियोगमा परेका उजेरीसँगै अभियुक्तको नाम मिडियामा आउन थालेपछि दोषी प्रमाणित नभएका व्यक्तिको बदनामी भएको गुनासो समेत सुनिन थालेको छ । यही सिलसिलामा ‘अभियुक्तको गोपनीयता’ को हक संरक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दर्ता भएको छ ।

अभियुक्तको गोपनीयता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । जबर्जस्ती करणी लगायतका विषयमा आरोपीको गोपनीयता कायम राख्न परमादेशको मागसहितअधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल र कानुन संकायकी विद्यार्थी रेजिना पौडेलले भदौ २९ गते रिट दर्ता गरेका हुन् ।

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा चर्चाामा आइरहेका बेला अभियुक्तको गोपनीयताको हक माग गर्दै सर्वोच्चमा रिट परेको हो । रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाइएको छ । सो रिटमा अभियुक्तको गोपनीयता कायम राख्न परमादेश, प्रतिषेध लगायत उपयुक्त आदेशको माग गरिएको छ ।

रिटमा भनिएको छ, ‘हाल नेपाली समाजमा यौनजन्य अपराधमा आरोप लगाइदिने मनोवृत्ति तथा मनोदशा बढ्दै गइरहेको र सो तथ्यहरु जबरजस्ती-सहमतिमा नै हो कि भन्नेतर्फ नाप जाँच गर्ने सन्दर्भमा न त कुनै यन्त्र र सिद्धान्तको प्रतिपादन नै भएको अवस्था रहेको छ । जबरजस्ती करणीका सन्दर्भमा मूलततः मिडिया ट्रायल हुँदै सुरु अदालतका न्यायमूर्तिहरुले पनि मुद्दाको मेरिटका आधारमा निर्णय गर्न सकेका छैनन् ।’

शेयर गर्नुहोस :

0
Shares