Banner news

अस्वस्थ्य माछा वा सागसव्जी आयात गरेको सूचना दिनेलाई बिर्तामोडले ५ हजार पुरस्कार दिने

अस्वस्थ्य माछा वा सागसव्जी आयात गरेको सूचना दिनेलाई बिर्तामोडले ५ हजार पुरस्कार दिने


बिर्तामोड । नागरिकको स्वास्थ्यमा असर पर्ने विषादीयुक्त मरेका माछा तथा सागसब्जी आयात तथा विक्री गरेको सूचना दिनेलाई बिर्तामोड नगरपालिकाले पुरस्कृत गर्ने भएको छ ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले विषादी भएका माछा तथा तरकारी आयात तथा विक्रीवितरण गरिरहेको भन्ने प्रमाणित सूचना दिनेलाई नगद ५ हजार रुपैंया पुरस्कार दिने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नगर उपप्रमुख संग्रौलाले गैर कानुनी ढंगले भारतीय बजार वा स्वदेशी उत्पादन भए पनि मरेका माछा वा बिषादियुक्त तरकारी ओसारपसार गर्ने जो कोहीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।
बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र मरेका माछा विक्री वितरणमा समेत रोक लगाएको छ । मंगलवार मात्रै नगर प्रहरीले नियन्त्रणमा लिएको ४८ क्यारेट माछा नष्ट गरिएको छ । गौरीगञ्जको बाटो हुँदै प्रवेश गराएको मरेका माछा भन्सार छली गरेर बिर्तामोडका व्यापारीले ल्याएका थिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu