Banner news

दुई घण्टापछि नियन्त्रणमा आयो वनस्टपमा लागेको आगो

दुई घण्टापछि नियन्त्रणमा आयो वनस्टपमा लागेको आगो


बिर्तामोड । बिर्तामोडस्थित वनस्टप मलमा लागेको आगो नियन्त्रणमा आएको छ । झन्डै दुई घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी,व्यापारी,बिर्तामोड,भद्रपुर,मेचीनगर र कमलको दमकलको सहायताबाट आगो नियन्त्रणमा लिईएको हो ।

बिधुत सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट सुर्य अधिकारीको पसलमा क्षति पुगेको बताईएको छ ।

बिर्तामोड बाणिज्य संघका महासचिव अर्जुन मैनालीले आगो नियन्त्रणमा आए पनि अन्य पसलहरुमा चेकजाच गर्नुपर्ने बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares