Uncategorized

देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

देशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना


काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भू-भागहरूको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares