Banner news

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते


विराटनगर । सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकप्टर एक आपसमा ठोक्किँदा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । घाइते हुने पनि विदेशी नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक नविनराज बुढाथोकीले हेलिकप्टरमा कति जना सवार थिए भन्ने खुल्न बाँकी रहेको बताए । सोलुखुम्बुमा फेरिचे हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकप्टर ठोक्किएर दुर्घटना भएका हो ।

फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu