झापा । सरकारले मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गर्दै झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी झापाको अगुवाइमा झापाका १५ वटै पालिकाका कृषकहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रासायनिक मलको बोरा लगाएर ‘बोरा आन्दोलन’ गरेका हुन् ।
विभिन्न नारा लेखिएको मलको बोरा लगाएर विभिन्न नारा लेखिएको पम्पप्लेट र राष्ट्रिय झण्डा लिएर र्याली निकालिएको थियो । सडक आवागमनमा अवरोध नहुने गरी सडक किनारबाट शान्तिपूर्ण आन्दोलन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलले बताउनुभयो ।
सरकारले किसानलाई मार पर्ने गरी निर्णय गरेको भन्दै उहाँले सबै किसानलाई एकजुट भई आन्दोलनमा सहभागी हुन आह्वानसमेत गर्नुभयो ।







प्रतिक्रिया