बिर्तामोड । विज्ञसँग प्राविधिकहरुको पशु प्रजनन् सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम मंगलवारदेखि सुरु भएको हो ।
कृत्रिम गर्भधान प्रक्रिया (एआई) मा धेरै समस्या आउन थालेका कारण बिर्तामोड र हल्दीबारीका २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरिएको पशुपंछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले किसानले गरेको श्रम खेर जान नदिनका लागि यस प्रकारका समस्या समयमै निराकरण गर्नुपर्ने बताइन् । उनले कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न प्राविधिकहरुलाई आग्रह गरेकी हुन् ।
अन्तरक्रियापछि गोठगोठमै पुगेर समस्याका बारेमा पहिचान तथा समाधान गरिने शाखा प्रमुख दाहालले जानकारी दिइन् । सहभागीहरुलाई सिमेन बैंक लाहानका डा. शुभनाथ महतो र अधिकृत नगेन्द्र प्रसाद महतोले सहजीकरण गरिरहेका छन् ।







प्रतिक्रिया