बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीवार गृहजिल्ला झापा आएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् ।
एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आज मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेको ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी आजै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भई काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिए ।
प्रशिक्षणमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको हालसम्मको अवस्थाका बारेमा पनि अध्यक्ष ओलीले जानकारी गराउने छन् । यसैगरी झापामा सञ्चालन भइरहेको ग्रासरुट अभियानको बारेमा पनि नेताहरु जानकारी गराउने तयारी गरिएको छ । अभियानका क्रममा कार्यकर्ताहरुले राखेका जिज्ञासा, समस्या आदिका बारेमा पार्टी अध्यक्षलाई जानकारी गराइने जिल्ला सचिव शिव ढुंगेलले जानकारी दिए ।







प्रतिक्रिया