धर्म/संस्कृति

अर्जुनधाराका ज्येष्ठ नागरिक धार्मिक अवलोकन भ्रमणमा

अर्जुनधाराका ज्येष्ठ नागरिक धार्मिक अवलोकन भ्रमणमा


शनिश्चरे । अर्जुनधारा वडा नं. –८ का ज्येष्ठ नागरिक समूहलाई ५ दिने धार्मिक अवलोकन भ्रमण गराउनका लागि शुक्रबार बिदाई गरिएको छ ।

८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा ज्येष्ठ नागरिक समूहका ४० जनालाई धार्मिक अवलोकन भ्रमण गराउन बिदाई गरिएको हो । बिदाईअघि ज्येष्ठ नागरिकहरु नहराउन् भन्ने उद्देश्यले स्थानीय श्रद्धा कृषि सहकारी संस्थाद्वारा धार्मिक अवलोकन भ्रमण अंकित पहेंलो रङ्गको ४० थान ज्याकेट सौजन्य स्वरुप उपलब्ध गराएको संस्थाका अध्यक्ष छबिलाल शिवाकोटीले जानकारी दिए ।

ज्येष्ठ नागरिक समूहलाई धार्मिक स्थल जनकपुर, लुम्बिनी , देवघाट र पर्यटकीय स्थल पोखराको भ्रमण गराउने कार्यक्रम रहेको वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीले जानकारी दिए । १६ गते फिर्ती सवारी हुने बिदाई कार्यक्रममा वडा सचिव प्रकाश पौडेल, वडा सदस्य मनोज रैका थापा मगर लगायतको उपस्थिति थियो ।

शेयर गर्नुहोस :

0
Shares