मुख्य समाचार

झापाका वडा सचिवहरु संगठित

झापाका वडा सचिवहरु संगठित


दमक । झापा जिल्लाका सबै पालिकाका वडाहरुमा कार्यरत सचिवहरुको प्रथम सम्मेलन शनिबार दमकमा सम्पन्न भएको छ ।

वडा सचिवहरुको सम्मेलनले दमक ९ का वडा सचिव भोसकुमार थुलुङको अध्यक्षतामा १५ सदस्यीय वडा सचिव सञ्जाल जिल्ला समिति गठन गरेको छ ।

१५ वटै स्थानीय तहका १३१ वटा वडाका सचिवहरुको भेलाले वडा सचिवहरु विचको सहकार्य र समन्वयका लागि संगठन निर्माण गरेको दमक वडा नम्बर ५ का वडा सचिव निधिनारायण ढुंगेलले जानकारी दिए ।

सर्वसम्मत चयन भएको समितिका उपाध्यक्षद्वय बिर्तामोड नगरपालिकाका टिका अधिकारी र कचनकवल गाउँपालिकाका मदन भण्डारी चयन भएका छन । त्यसैगरी सचिवमा अर्जुनधारा नगरपालिकाबाट खगेन्द्र प्रसाद लिङदेन, सहसचिवमा शिवसताक्षी नगरपालिकाबाट विमल बाँस्कोटा र कोषाध्यक्षमा कन्काई नगरपालिकाबाट कमला बिश्वकर्मा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कमल गाउँपालिकाबाट अमृत कुमार शाह, गौरीगञ्ज गाउँपालिकाबाट युवराज दाहाल, मेचीनगर नगरपालिकाबाट प्रेम पराजुली, भद्रपुर नगरपालिकाबाट मनकुमार डाँगी, हल्दिबारी गाउँपालिकाबाट तुलसा खत्री, झापा गाउँपालिकाबाट सुनिता सुवेदी, बुद्धशान्ती गाउँपालिकाबाट खड्ग बहादुर सुवेदी र बाह्रदशी गाउँपालिकाबाट शम्भु प्रसाद आचार्य चयन भएका छन् । गौरादह नगरपालिकाबाट एक जना थपिने जनाईएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको भेलाका वक्ताहरुले स्थायी सरकारका रुपमा रहेका वडा सचिवहरुले नै संघीयताको असल अभ्यास गरिरहेको बताएका थिए । कार्यक्रममा दमक नगरपालिकाका लेखा अधिकृत देवी प्रसाद कोईरालाले पालिकाको केन्द्रमा रहेका सबै शाखाहरुको काम वडामा सचिवहरुले गर्नु परिरहेको भन्दै वडा सचिवको जिम्मेवारी धेरै भएको बताए । जिल्ला भरिका काममा एकरुपता ल्याउन पनि यस्तो संगठन आवश्यक रहेको भन्दै उनले कानुनले दिएको परिधीभित्र रहेर सांगठनिक गतिबिधि गर्न आग्रह गरे ।

शेयर गर्नुहोस :

0
Shares