मुख्य समाचार

बुद्धशान्तिमा एमालेको मिसन ग्रासरुट अभियान

बुद्धशान्तिमा एमालेको मिसन ग्रासरुट अभियान


चन्द्र वाग्ले

बुधबारे । नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीले मिसन ग्रासरुट अभियानलाई व्यापक रुपमा सञ्चालन गरिहरेको छ । पार्टीको केन्द्रीय अभियानलाई गाउँ कमिटीले बुधवारेको शितला मन्दिरको सभाहल अभियान सम्पन्न गरेको हो ।
गाउँ कमिटी अध्यक्ष नेत्र रिजालको अध्यक्षमा सम्पन्न ग्रासरुटमा प्रमुख सहजकर्ताको रुपमा केन्द्रीय सदस्य देबेन्द्र दाहाल , मन्जु भण्डारी र नेकपा एमाले जिल्ला उपाध्यक्ष पे्रम गिरीले सहजीकरण गरेका थिए ।

नेकपा एमालेलाई आगामी दिनमा कसरी अगाडि बढाउने र आन्तरिक सुदृढिकरणका लागि गर्नुपर्ने कामका बारेमा सहजकर्ताहरुले सहजीकरण गरेका थिए । प्रशिक्षणमा देबेन्द्र दाहालले कम्युनिस्ट नीति अनुसार व्यवहार राम्रो हुनुपर्ने बताए । उनले पार्टीका केन्द्रीय योजना तथा कार्यक्रमहरुका बारेमा प्रस्टाएका थिए । उनले नेपाली जनतालाई विकासको अनुभूति नेकपा एमाले मात्र गराउने बताएका छन् ।

त्यस्तै, कार्यलय सचिव नविन घिमिरेले एमालेको एप्स कसरी चलाउने, कसरी प्रयोग गर्ने बारे अवगत गराएका थिए । जिल्ला उपाध्यक्ष प्रेम गिरीले १५,१६ गतेसम्म टोल कमिटीमा कार्यक्रम गर्ने २३ र २४ जनता समक्ष जाने २७ र २८ रचनात्मक कार्यक्रम गर्ने समय तालिका तोकिएको बताए । कार्यक्रमको सञ्चालन नेकपा एमाले बुद्धशान्ति सचिव धरणीधर पोख्रेलले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares