Banner news

मेची अस्पतालका मेसु डा. बाराकोटीको १२ औं तहमा बढुवा

मेची अस्पतालका मेसु डा. बाराकोटीको १२ औं तहमा बढुवा


बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२ औं तहमा दुई जना बढुवा भएका छन् । सरकारले डा. विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा. देवकोटा र डा. बाराकोटीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए । तीमध्ये बढुवा समितिले डा. देवकोटा, डा बाराकोटी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् भने डा बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन् ।

शेयर गर्नुहोस :

0
Shares