इलाम । जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ । पर्यटनका लागि साहित्य भन्ने नाराका साथ आगामी चैत २६ र २७ गते आयोजना गर्न लागिएको छ ।
इलाम नगर साहित्य कला प्रतिष्ठानको र इलाम साहित्य समाजले महोत्सव आयोजना गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल र भारतका डेढ सय साहित्यकारो सहभागिता रहने समाजका अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।
महोत्सवमा नेपालका झापा, मोरङ, चितवन, हेटौंडा, काठमाडौं, पोखरालगायतका स्थानका साहित्यकारसहित भारतको सिक्किम, कालिङपुङ, दार्जिलिङ, कोलकत्ता, झारखण्ड, सिलगुडीका साहित्यकारको सहभागीता नगर कला साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।
महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिबासी सौन्दर्य चेतना, महाभारादेखि टिष्टासम्म, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, कोशी प्रदेश कहिले बन्छ एक नम्बर प्रदेश लगायतका विषयमा छलफल हुने थाम्सुहाङले जानकारी दिए ।
२०७६ मा साहित्य महोत्वस आयोजना गरिएको थियो । तर कोभिडका कारण अघिल्ला वर्षमा महोत्सव आयोजना गर्न नसकिए पनि यो वर्षदेखि महोत्सवलाई निरन्तरता दिने बताइएको छ ।







प्रतिक्रिया