मुख्य समाचार

संसदभवन अगाडि फेरि आत्मदाह प्रयास, प्रहरीले बचायो

संसदभवन अगाडि फेरि आत्मदाह प्रयास, प्रहरीले बचायो


काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन । प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए ।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए ।

‘पारिवारिक कारण देखिन्छ । हामी सम्झाएर परिवारको जिम्मा लगाउँदै छौँ एसएसपी कार्कीले भने ।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares