मुख्य समाचार

काँकरभिट्टामा चिया जाँच्ने ल्याब राख्न व्यवसायीको माग

काँकरभिट्टामा चिया जाँच्ने ल्याब राख्न व्यवसायीको माग


मेचीनगर । नेपाल–भारतको एउटा महत्वपूर्ण नाका काँकरभिट्टामा चिया जाँच गर्ने ल्याब नभएकोमा चिया व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

आज (शनिबार) काँकरभिट्टा स्थित मेची भन्सार कार्यालयको सभाहलमा कोलकाताको नेपाली महावाणिज्य दुताबासले आयोजना गरेको नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रबद्र्धन विषयको अन्तरक्रिया कार्यक्रममा चिया व्यवसायीले गुनासो राखेका हुन् ।

इलामको गोर्खा टि–स्टेटका संचालक उदय चापागाईंले एकवर्ष अघिनै सम्बन्धित मन्त्रालयले ल्याब राख्ने भनेर यहाँबाट पठाएको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा झापा तथा इलामका चिया व्यवसायीहरुले काँकरभिट्टामा चिया जाँच गर्ने ल्याब राख्न माग गरेका हुन् ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले नाकामा चिया परीक्षण गर्ने अन्तराष्ट्रिय ल्याव (मेसिन) नभएको स्वीकार गरेका छन् । उनले नाकामा ल्याव राख्न पहल गर्ने दावी गरे । नाकामा ल्याव राख्न करिव ५ करोड खर्च लाग्ने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares