झापा

पत्रकार पारस तिम्सिनाको निधन

पत्रकार पारस तिम्सिनाको निधन


झापा । झापाका पत्रकार पारस तिम्सिनाको आज दिउँसो निधन भएको छ ।

बिर्तामोड–३ निवासी ३५ वर्षीय तिम्सिना केही दिनअघि लडेर टाउकामा रगत जमेपछि विरामी परेका थिए ।

उपचारको क्रममा बिर्तासिटी हस्पिटलमा उनको आज निधन भएको हो ।

उनका एक छोरा राजन तिम्सिना १४ वर्षका छन् । बिर्तासिटी हस्पिटलका चिकित्सकहरुले उनको टाउकाको विभिन्न भागमा रगत जमेको बताएका थिए ।

केही दिनअघि लडेर घाइते भएका तिम्सिना आज विहान एक्कासी वेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

निडर स्वाभावका पत्रकार तिम्सिना मुलुकमा माओवादी आन्दोलन चलिरहेका बेला भूमिगत रुपमा समेत पत्रकारितामा सक्रिय थिए ।

शेयर गर्नुहोस :

0
Shares