झापा

झापाबाट उपाध्यक्षसहित ४ केन्द्रीय सदस्य विजयी

झापाबाट उपाध्यक्षसहित ४ केन्द्रीय सदस्य विजयी


मेचीनगर । नेपाल उद्योग वाणिज्य महासंघको पाँच पदमा झापाका व्यावसायिक क्षेत्रका हस्तीहरु निर्वाचित भएका छन् ।

महासंघको नयाँ नेतृत्वका लागि बुधवार मतदान भएको थियो । जसको परिणाम धमाधम आइरहेको छ ।

महासंघको बस्तुगत संघतर्फको उपाध्यक्ष पदमा भद्रपुरका हेमराज ढकाल विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए ।

यसैगरी, जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा तेस्रो कार्यकालका लागि बिर्तामोडका उमेश डालमिया विजयी भएका छन् ।

कोशी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा मेचीनगरका नरेन्द्रकुमार खड्का विजयी भए । उनको पनि यो तेस्रो कार्यकाल हो ।

बस्तुगत संघ तर्फबाट केन्द्रीय सदस्यमा बिर्तामोडका राजकुमार कार्की (राजु) विजयी भएका छन् । यसैगरी, जिल्ला नगरतर्फबाट खुला केन्द्रीय सदस्य पदमा दमकका गोकुल श्रेष्ठ विजयी भए ।

शेयर गर्नुहोस :

0
Shares