Banner news

हामी सातौं वर्षमा

हामी सातौं वर्षमा


प्रकाशकीय

स्थापनाको कठिन ६ वर्षे यात्रा पुरा गरेर आजबाट हामी ‘लक्की सेभेन’ अर्थात सातौं वर्ष प्रवेश गरेका छौं । यो सातौं वर्ष प्रवेशका लागि तपाई सम्पूर्ण धन्यवादको पात्र हुनुहुन्छ । यहाँसम्म आइपुग्न तपाई सम्पूर्णको योगदानलाई हामी कहिल्यै भुल्न सक्दैनौं । कोरोना महामारीले लरखरिएको समग्र आर्थिक क्षेत्रको ठुलो धक्काले हामीलाई अझै उठ्न दिएको छैन । तथापि, हामी जिम्मेवारी, कर्तव्य पालनामा चुकेका छैनौं । हामीले स्थापनाको शुरुआतदेखि समाजका सबैखाले मुद्धाहरुलाई प्राथमिकताका साथ उठाइरहेका छौं । र, त्यसलाई निरन्तरता दिने हाम्रो संकल्प पनि हो ।
०७४ साल बैशाख १ गतेबाट नियमित प्रकाशन भइरहेको इजलास दैनिकले खासगरी नागरिकको सूचनाको हकलाई प्रत्याभूत गराउनुलाई जिम्मेवारी ठानेको छ । सामाज रुपान्तरणको अभियानमा स्थानीयस्तरबाट सशक्त भूमिका निर्वाह गर्दै आगामी यात्रालाई जारी राख्ने अठोट राखेका छौं । विविध समस्याहरुका बाबजुत पनि यहाँसम्म आइपुग्न हामीले उठाइरहेका सामाजिक विकृति विसंगति, नागरिकका मुद्धाहरु र खवरदारी नै मुख्य आधार हुन् । विकृति विरुद्ध खरो उत्रिने, नागरिकका मुद्धालाई प्राथमिकताका साथ उठाइरहने, खवरदारी गरिरहने हाम्रो पत्रकारिता भिन्न छ । पाठकहरु त्यसकारण हाम्रो निरन्तरता आवश्यक ठानिरहनु भएको छ ।

कोरोना महामारी र आर्थिक मन्दीका कारण मिडिया हाउस सञ्चालनमा ठुलो चुनौतिहरु सामना गरिरहनु परेको छ । विज्ञापनको बजार झण्डै शूण्य जस्तो छ । जसका बाबजुत दैनिक पत्रिका सञ्चालन दिनहुँ कठिन–कठिन बन्दै गइरहेको छ । लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेको सञ्चार क्षेत्र कमजोर बन्दै जानु लोकतन्त्र पनि कमजोर बन्दै जानु हो । लोकतन्त्रमा जनताको सुख, दुःखलाई जस्ताको त्यस्तै उठाउने पत्रकारिता जगतको संरक्षणमा सबैको चासो हुनुपर्ने हाम्रो मान्यता छ ।

विकृति विसंगति, भ्रष्टाचार, वेथिती विरुद्ध इजलासले उठाएका आम मुद्धाहरु भुईमान्छेहरुका पक्षमा छन् । यस प्रकारको पत्रकारितामा शोसक वर्गको सधैं आलोचना र धावा छ । तथापि, हामी जनसवाल उठाउने कुरामा कहिल्यै कतै पनि चुक्ने छैनौं । त्यसले गर्दा आजसम्म पाठक वर्गको माया पाइरहेका छौं । अन्त्यमा , प्रकाशन शुरु भएदेखि हालसम्म पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तकले गरेको सहयोग, सद्भाव र मायाप्रति हामी सधै आभारी छौं । आगामी दिनहरुमा सल्लाह, सूझावको आशा गर्दछौं ।

नारायण प्रसाद पोखरेल
अध्यक्ष

शेयर गर्नुहोस :

0
Shares