मुख्य समाचार

मिडियाले जनप्रतिनिधिको रचनात्मक खवरदारी गर्नुपर्छ : पोखरेल

मिडियाले जनप्रतिनिधिको रचनात्मक खवरदारी गर्नुपर्छ : पोखरेल


सुरुङा । प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले मिडियाले जनप्रतिनिधिहरुको खवरदारी गर्नुपर्ने बताएका छन् । सबै क्षेत्रमा खवरदारी भइरहे पनि जनप्रतिनिधिहरुलाई रचनात्मक ढंगबाट मिडियाले खवरदारी गर्नुपर्ने बताए ।

कनकाई खवर साप्ताहिकद्वारा प्रकाशित २०८० को भित्तेपात्रो सार्वजनिक गर्दै प्रेस काउन्सिलका सदस्य पोेखरेलले जनताको आशा सबैभन्दा धेरै जनप्रतिनिधिसँग भएकोले खवरदारी जरुरी रहेको बताए । पोखरेलले धेरै आशा भएका कारण जनताको गुनासो पनि जनप्रतिनिधिसँगै भएको बताए । उनले जनप्रतिनिधिहरुलाई योजनावद्ध भई जनताको काममा क्रियाशिल हुन आग्रह समेत गरेका छन् ।

होटल डिलाइटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कनकाई खवरका निर्देशक टिका जमरकट्टेल, नारी संञ्चार गृह झापाकी संस्थापक अध्यक्ष लगायत वडाध्यक्षहरुले संयुक्त रुपमा पात्रो सार्वजनिक गरेका थिए । सो अवसरमा आयोजित नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेको सम्पादक रामप्रसाद निरौलाले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares