Banner news

झापा ओर्लिएर पहाड लागे अध्यक्ष ओली

झापा ओर्लिएर पहाड लागे अध्यक्ष ओली


बिर्तामोड । आज झापा ओर्लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वी पहाडी जिल्लाहरुको कार्यक्रममा सहभागी हुन पहाड लागेका छन् ।

झापा ओर्लिएका ओली पार्टीका नेता कार्यकता र जनसंगठनहरुका नेताकार्यकर्ता सहित मेचीराजमार्गको बाटो हुँदै पहाड तिर लागेका छन् ।

ओलीले आज बुधबारेको कार्यक्रममा सम्बोधन गर्दै इलाम लाग्ने छन् । इलाममा १४ गते पार्टीको परिषदमा सहभागी हुने छन् । १४ गते साँझ पाँचथरको फिदम बस्ने त्यहाँ आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । १५ गते तेह्रथुमको आठराई तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन र तमोरदिप खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares