आठराई । तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ८ मा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटनमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको सरकारको आलोचना गर्नु बेकार भएको बताएका छन् ।

उनले शिक्षालयको उद्घाटन समारोहमा बोल्दै हालको सरकारले देशलाई बर्बाद बनाएको भन्दै देशलाई एमालेले बचाउने दाबी गरेका छन् ।
आठराईमा केपी ओली ट्रस्टले जग्गा प्रदान गरेको तेह्रथुम बहुप्राविधिक शिक्षालयलाई थप जग्गा आवश्यक परे उपलब्ध गराउने ओलीले बताएका छन् । उनले ‘समृद्ध नेपाली सुखी नेपाली’ बन्नका निम्ति मुलुक कृषि र प्रविधिमा अगाडि बढ्न पर्ने बताए ।
उनले आठराईमा प्रविधिसम्पन्न अस्पतालको आवश्यकता बोद गर्दै जनस्तरबाट अस्पतालको योजना निमार्ण गर्न आग्रह गरेका छन् । उनले यसरी अस्पतालको योजना बने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

तेह्रथुम बहुप्राविधिक शिक्षालयमा ताप्लेजुङ, भोजपुर, सप्तरी, धनकुटा र पाँचथर लगायतका जिल्लाहरु बाट विद्यार्थीहरु पढ्न जान्छन् ।
आफू जन्मेको घरमा बिहानको खाना खाएका ओलीको तेह्रथुममा अब एउटा खाने पानि परियोजनाको शिलन्यासको कार्यक्रम रहेको छ ।







प्रतिक्रिया