Banner news

मिटरब्याज पीडितलाई खोज्दै जिल्ला प्रशासन झापा 

मिटरब्याज पीडितलाई खोज्दै जिल्ला प्रशासन झापा 


झापा । आज (आइतबार)देखि १५ दिनसम्म उजुरी दिन जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गरेको छ । शुक्रबार प्रशासन कार्यालयले जिल्लाका सबै पालिकाहरूलाई पत्र पठाएर मिटर ब्याज पीडितको उजुरी दर्ताका लागि सूचना प्रचारप्रसार गरिदिन परिपत्र गरेको हो ।

गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि मिटर ब्याज पीडितहरूको उजुरी लिने सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले बताए ।

गृह मन्त्रालयबाट गत साउन २८ गते सूचना जारी भएपछि झापामा पनि उजुरी लिइएको थियो । त्यस बेला जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा २४ वटा उजुरी परेका थिए । तीमध्ये केही उजुरीमाथि छलफल गराइएको न्यौपानेले बताए ।

‘हामी कारबाही गर्न सक्दैनौं, कारबाहीका लागि पीडितहरू अदालत जानु पर्छ’ उनले भने, ‘केही उजुरीउपर दुवै पक्षबीच छलफल गराएका थियौंं ।’ उजुरी दिएर केही पीडितहरू सम्पर्कमै नआएको उनले बताए । झापामा पनि मिटर ब्याजको अपराधबाट धेरै जना पीडित भएको बताइएको छ ।

गत साउनमा पनि जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गर्दा झापाका २४जना मिटरब्याज पीडितहरूले उजुरी दिएका थिए । तर, ति निवेदन उपर कुनै पनि छलफल भएको छैन ।

 

शेयर गर्नुहोस :

0
Shares